जन्मदिनको शुभकामना

भारतको दिल्लीमा विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारी सम्मानित

नयाँदिल्ली, भारत, १६ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीलाई भारतकाे नयाँ दिल्लीमा स्वागत एवम् सम्मान गरिएको छ । विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् अन्तर्राष्ट्रियका उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूत लगायतका सन्त महन्त एवम् भारत च्याप्टर भण्डारीलाई अन्तर्राष्ट्रिय अध्यक्ष भए पश्चात् बधाई एवम् सम्मान गरिएको छ। विश्व हिन्दु महासंघको ४४ बर्से इतिहासमा […]
खुर्सानीको बोराभित्र लागूऔषध ओसार्ने एकजना पक्राउ

वीरगंज, १५ पुस । खुर्सानीको बोराभित्र लागूऔषधिसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले वीरगंज भन्सारक्षेत्रबाट पर्सा जिल्लाको बहुदरमाई गाउँपालिका वडा नम्बर ३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई लागूऔषधसहित पक्राउ गरेको हो । सोमवार भारतबाट टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर पैदल हिंडेर आउँदै गरेको रामलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने […]
पर्साबाट १६० किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, १५ पुस । पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर सिताराम चोकस्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डमा प्रहरी चौकी परवानीपुरले ड्राइपोर्ट आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १६० किलो गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता […]
सीमा सुरक्षाबारे नेपाल–भारतका सुरक्षाकर्मीबीच छलफल

वीरगंज, १४ पुस । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच नियमित रूपमा हुँदै आईरहेको समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न भएको छ । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी दिपक कुमार, पुरेनवाका सेक्टर कमाण्डर […]
रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजनिक गरेको छ । रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् । महोत्तरी जिल्ला जलेश्वर नपा […]
२२ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

वीरगंज, १२ पुस । सशस्त्र प्रहरी बल, पर्साले २२ लाख ६९ हजार ४३० मूल्य बराबरको अबैध सामान भन्सार दाखिला गरेको छ । पुस ७ गते देखि ११ गतेको अवधिमा सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्सा मातहत रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंज, भिखमपुर, विओपी पीडारीगुठ्ठी र अम्मरपट्टीबाट खटिएका सुरक्षा टोलीहरूले पर्सा […]
साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३० लाख ६७ हजार बराबरको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । मंगलवार राति इलाका प्रहरी कार्यालय जीतपुरबाट प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी सामानको […]
नेपाल पत्रकार महासंघमा निर्वाचित नेपाल पत्रकार मञ्चका सदस्यहरू सम्मानित

काठमाडौँ/ नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरू बीच जे जस्तो प्रतिष्पर्धा भएपनि निर्वाचित भएपछि सिंगो संगठनको साझा अभिभावक बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई नेपाल पत्रकार मञ्चले आयोजना गरेको स्वागत […]
च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु

वीरगंज, ७ पुस । वीरगंज महानगरपालिका–११ श्रीपुरमा आइतवारदेखि च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु भएको छ । नेपाल नागरिक फाउन्डेशनले आयोजना गरेको तीन दिने च्याउ खेतीसम्बन्धी व्यावसायिक प्रविधि तालीमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष अजयकुमार बरैले गरेका थिए । उनले सहजरुपमा गर्न सकिने च्याउ खेतीबारे महिलाहरुलाई प्राविधिक तालीम दिएर आयआर्जनतर्फ उन्मुख गराउन सहयोग गर्नुपर्ने बताए । […]