CALL US

(+977) 9814272487

वीरगंजमा रास्वपाको हस्ताक्षर अभियान शुरू

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर अभियान शुरू गरेको छ । रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले वीरगंजमा सोविरूद्ध आम जनताको हस्ताक्षर अभियान शुरू गरेको हो । वीरगंजको घन्टाघरमा रास्वपा पर्सा सभापति हरि पन्तको नेतृत्वमा आजदेखि शुरू भएको हस्ताक्षर अभियान जारी रहने रास्वपा ठोरीका सभापति माधव बस्नेतले […]

एसइईको नतिजा सार्वजनिक, ६१.८१ परीक्षार्थीले ग्रेडेड

भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने […]

गहवामाईको तेस्रो रथयात्राको भव्य तैयारी पूरा

वीरगंज, १२ असार । तेस्रो गहवामाई रथयात्रा–२०८२ को सम्पूर्ण तयारी सम्पन्न भएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ । बिहीवार गहवामाई मन्दिरपार्कमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेलले शुक्रवार बिहान ७ः३० बजे मन्दिर परिसरबाट शोभायात्रा शुरू हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले रथयात्रा सुरक्षा र व्यवस्थापन सम्बन्धी […]

चरेससहित एकजना पक्राउ

वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ । प्रहरी नायब […]

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी […]

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् । आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन समयमा आआफ्नो देशको वस्तु र […]

स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजना पक्राउ

वीरगंज, ३० जेठ । सशस्त्र प्रहरी बल पर्साले स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजनालाई पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । शुक्रवार सशस्त्र प्रहरी बल,नेपाल प्र.सि.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज भन्सार कार्यालयको भन्सार चेकजाँच बिन्दु नजीकैबाट भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार जिल्ला पर्सा वीरगंज म.न.पा., वडा नं. २ छपकैया बस्ने वर्ष […]

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिकै लुकिछिपी बसेका सोही स्थानका मुकेश महतो र सिताराम महतो रहेको प्रहरीले जनाएको छ । उनीहरू ७–८ जनाको समूहमा लुटपाट गर्न तयारी अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारी दुईजनालाई […]

गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द रहने […]

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ । हुकिङ तथा गैरकानुनी उपायबाट विद्युत चोरी गरिरहेको सूचनाको आधारमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको टोलीले ती क्षेत्रका घरमा अपरेशन गरी विद्युतीय उपकरण, मिटर निकालेर विद्युत लाइन काटेको छ । वितरण […]