CALL US

(+977) 9814272487

भीमफेदीको होमस्टे प्रवद्र्धन गर्दै अल्पाइनका विद्यार्थीहरु भारतको प्रसिद्ध कार्यक्रममा

वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ । भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले […]

वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने […]

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका […]

पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट

वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिनछ । यहाँबाट चालु आर्थिक वर्षको तीन […]