सुनचांदीको गहनासहित तीनजना पक्राउ

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ […]