CALL US

(+977) 9814272487

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

काठमाडौँ, ९ वैशाख। नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो। भारतीय मन्त्री खट्टर […]

टाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

वीरगंज, ९ वैशाख । बाराको अमलेखगन्ज प्रहरीले मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोबाट नियन्त्रित औषधिसहित चालकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका–९ बस्ने २४ वर्षीय मुमताज […]

ईरिक्शामा फल्ट बटम बनाएर आलमुनियमको तस्करी

वीरगंज, ९ वैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आलमुनियम तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगंज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट […]