वीरगंज, १२ पुस । सशस्त्र प्रहरी बल, पर्साले २२ लाख ६९ हजार ४३० मूल्य बराबरको अबैध सामान भन्सार दाखिला गरेको छ । पुस ७ गते देखि ११ गतेको अवधिमा सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्सा मातहत रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंज, भिखमपुर, विओपी पीडारीगुठ्ठी र अम्मरपट्टीबाट खटिएका सुरक्षा टोलीहरूले पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट अबैध रूपमा भन्सार छली नेपाल भित्र्याउने क्रममा १० लाख मूल्य बराबरको चक्लेटसहित ना १ ज ७८४५ नं. को म्याजिक गाडी, तीन लाख ६८ हजार ६८० बराबरको कपडा, किराना, मोटरपार्टस, जुता चप्पल, ३० हजार ७५० मूल्य बराबरको ८ बोरा लसुन, ३ लाख ४५ हजार बराबरको तीनवटा मोटरसाइकल, एक लाख २५,००० मूल्य बराबरको (४२ बोरा केराउ, चार लाख मूल्य बराबरको ना.१ त. ७२२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।