विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे, शनिबार बिहान ८ः३३ बजे देवी बिसर्जन
वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ । समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत […]
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको
हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा […]
सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने
मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गर्नुभएको थियो […]
वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो
वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज अपराहन नेपाली सेना, प्रहरीलगायतले फूलपाती भित्र्याएका हुन् । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । वीरगंजमा आज सप्तमीको […]
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग
वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक टेक्नोसफ्ट प्रा.ली, पर्साले प्रिन्टर सहयोग गरेको छ । आज वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर त्रिमुर्ती टोल स्थित रहेको डायनामिक टेक्नोसफ्ट प्रालि पर्साका प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई १ […]
सशस्त्र प्रहरी बल पर्साद्वारा साढे २१ लाख बराबरको सामान बरामद
वीरगंज, २४ असोज । सशस्त्र प्रहरी बल पर्साले २१ लाख २१ हजार ८०० मूल्य बराबरको अबैध कपडा बरामद गरी वीरगंज भन्सार कार्यालयले बुझाएको छ । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार आज सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोली र प्रस्तावित सीमा सुरक्षा […]
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । […]
सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलीको सामान बरामद
वीरगंज, २२ असोज । सशस्त्र प्रहरी बल पर्साले १२ लाख ८ हजार १७६ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा आज बुझाएको छ । सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार असोज २२ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ भन्सार मेनगेट लगायत […]
ट्याङ्करमा ३९२ किलो गाँजासहित दुईजना पक्राउ
वीरगंज, २२ असोज । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर र गाँजासहित दुर्ई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्पm जाँदै गरेको ना ७ ख १७७१ को ट्याकंर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकरचालक २६ […]
प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु
बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई ५ का ४२ वर्षीय अरूणकुमार चौधरीको मृत्यु भएको वडाध्यक्ष्F दीपेन्द्र चौधरीले जानकारी गराए । थारू ११ र वीरगंज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा […]