वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ । हुकिङ तथा गैरकानुनी उपायबाट विद्युत चोरी गरिरहेको सूचनाको आधारमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको टोलीले ती क्षेत्रका घरमा अपरेशन गरी विद्युतीय उपकरण, मिटर निकालेर विद्युत लाइन काटेको छ । वितरण […]
सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । आज वीरगंजमा ब्यानर, प्लेकार्डसहित प्रदर्शन गर्दै पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले १० लाख रुपियाँभन्दा माथिका गरगहनामा मात्रै लाग्ने विलासिता करलाई हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट […]
रौतहट जिल्लामा अवैध मदिराको बिगबिगी

रौतहट,२१ जेठ । रौतहट जिल्लाका ग्रामिण भेगमा अवैध मदिराभट्टी सञ्चालनमा हुँदा स्थानीयको जनस्वास्थ्यमा गम्भिर समस्या देखा परेको छ । स्थानीय प्रहरी प्रशासनले अवैध रुपमा सञ्चालन गरेका मदिराभट्टिको नियन्त्रण गर्न नसक्दा अवैध मदिराको उत्पादन र बितरणमा बिगीबिगी बढेको हो । रौतहट जिल्लाको राजपुर,मठिया,महादेवपट्टी, झुनखुनुवा, चन्द्रपुर लगायतका दजनौ ठाउँमा स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा अवैध मदिराको बिक्री वितरण […]
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी रहने बताउनुभएको छ । स्व. श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै प्रवक्ता चन्दले यस्तो बताउनुभएको हो । वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकस्थित वीरेन्द्र शालिक प्रांगणमा आयोजित कार्यक्रममा उहाँले जारी आन्दोलनलाई […]
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ । जेठ १८ गते राति जिल्ला पर्सा वीरगंज महानगरपालिका–२९ मुसैली स्थित श्री आदर्श क्रसर उद्योग प्रा.लि.मा लेवरको काम गर्ने कामदार सोही ठाउँ बस्ने वर्ष १८ को अजय मण्डलले ढुङगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडी ढुङ्गाको धुलो, बेल्टले […]
बैंकमा खाता खोल्न लगाएर ठगी गरेको आरोप

वीरगंज, १८ जेठ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहितले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी आफूहरू ठगीको शिकार भएको बताएका हुन् । वीरगंज महानगरपालिकाको नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप दिपेश पटेललगायतले पत्रकार सम्मेलनमार्फत लगाएका छन् । शेख मकबुलको समूहले महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, […]
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको छ । भारतको बिहार राज्यको घोडासहन घर भई नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया बालिका शीवानी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर […]
मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले […]
बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई भारतमा लगेर करणी गरेको आरोपमा एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार […]
बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक करणी गरेको आरोपमा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी […]