CALL US

(+977) 9814272487

सीमा सुरक्षाबारे नेपाल–भारतका सुरक्षाकर्मीबीच छलफल

वीरगंज, १४ पुस । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच नियमित रूपमा हुँदै आईरहेको समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न भएको छ । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी दिपक कुमार, पुरेनवाका सेक्टर कमाण्डर डिआइजी राजेश टिक्कु, बेतियाका सेक्टर कमाण्डर डिआइजी सुब्रमन्यमको उपस्थिति थियो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने बाहिनीले जानकारी गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

सिफारिस