CALL US

(+977) 9814272487

न्यू वेभलाई आठ विकेटले हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले हराउँदै अल्पाइन मावि, वीरगंज विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै न्यू वेभ एकेडेमीले ७ विकेटको क्षतिमा १० ओभर खेल्दै १०५ रन बनाएको थियो । न्यू वेब एकेडेमीका सुनील यादव र विशाल चौहानले २५ र १७ रन बनाएका थिए । प्रतिउत्तरमा अल्पाइन माविले २ विकेटको क्षतिमा ६ ओभर खेल्दै १०६ रन बनाएको हो । अल्पाइनका रवि किशनले ४३ र अपूर्व महतोले ३७ रन बनाएका थिए । त्यस्तै अपूर्वले २ ओभरमा १२ रन खर्चदै २ विकेट पनि लिएका थिए । उनी नै प्रतियोगिताको म्याद अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

सिफारिस