CALL US

(+977) 9814272487

दोस्रो वडाध्यक्ष भलिबल उदघाटन

वीरगंज, २२ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ वडा कार्यालयको खेल मैदानमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिताको उदघाटन वडाध्यक्ष हेमनारायण चौधरीले गरेका छन् । वडाध्यक्ष चौधरीले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताए । उनले खेल देशको प्रतिष्ठासँग जोडिएकोले यसप्रकारको प्रतियोगिता सञ्चालनमा ल्याएको बताए । पहिलो खेल देउरवाना पर्सा र थस्कौल बारा बीच भएकोमा थास्कौल विजयी भएको थियो भने दोस्रो खेलमा आयोजक डुमरवाना विकास मञ्चलाई पराजित गर्दै छहारी युवा सेवा समाज हेटौडा विजयी भएको छ । त्यसैगरी तेस्रो खेल निप्टा क्लब निबुवाटार र धनुषा भलिबल टिम भएकोमा खेल समयमा लाइट अफ भएर स्थगित भएको थियो । आयोजक डुमरवाना विकास मञ्चले भोलि तेस्रो खेल हुने जानकारी दिनु भएको छ । उद्घाटन समारोहमा वडा नं १४ वडा अध्यक्ष चैन गुरूङ र जीतपुरसिमरा–१२ वडाध्यक्ष श्याम बाबु खा थारूलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

सिफारिस