CALL US

(+977) 9814272487

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले तीनवटा घरमा छापामारीका क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको र लुकाई छिपाई गोदाममा भण्डारण गरिएको अवस्थामा ६ लाख ९८ हजार ८०० रुपियाँ बराबरको कपडा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए । बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सिंहले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

सिफारिस