हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

वीरगंज, १७ माघ । वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर०५ क्यु४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको लेगगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली […]
भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद […]
इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान […]
बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

वीरगञ्ज, १४ माघ/ रासस वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो । कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ […]
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

वीरगंज, १३ माघ । ‘भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ’ भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जा“च चौकी (आइसिपी) मा सम्पन्न गरेको छ । समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी […]
इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुने खेलाडीहरुको बिदाइ

वीरगंज, ११ माघ । शनिवारदेखि हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०२५ मा सहभागी हुन वीरगंज तेक्वान्दो डोजांगका खेलाडीहरुको बिदाइ गरिएको छ । काकडभिट्टा तेक्वान्दो डोजांगले झापाले आयोजना गरेको सो प्रतियोगिता काकडभिट्टा टाउनहलमा हुने आयोजनाले जनाएको छ । सो प्रतियोगितामा भाग लिन वीरगंज तेक्वान्दो डोजांगका आफताब आलम, सोयब अख्तर, इमरान शेख, रोहन पटेल, प्रथम वर्णवाल, महिला […]
विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरूले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण […]
शुभलक्ष्मी ट्रेडर्समा अनुगमन

वीरगंज, १० माघ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज वडा न. १६ नगवा स्थित बाईपासरोडमा रहेको शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको नेतुत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा शुभलक्ष्मी टे«डसबाट मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ […]
सीमास्तम्भको नम्बरिङ तथा मर्मत कार्य

वीरगंज, ०९ माघ । नेपाल–भारत अन्तर्राष्ट्रीय सीमा दशगजा क्षेत्रस्थित सीमा स्तम्भको रंगरोगन एवम् नम्बरिंग शुरू गरिएको छ । सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनरूवा र भारत, पूर्वी चम्पारणको पन्टोका ग्राम पञ्चायत वडा नम्बर ४ सुन्दरपुरमा रहेको सीमा स्तम्भ नम्बर ३९१–६ को रंगरोगन तथा नम्बरिंग कार्य शुरू गरिएको हो । कार्यक्रममा पर्साका […]
वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको […]