CALL US

(+977) 9814272487

गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ निवासी ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गहुँ काट्ने विषयमा आफ्नै भाई ५५ वर्षीय सिकिन्द्र यादवसँग विवाद […]

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ । आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने […]

सुनचांदीको गहनासहित तीनजना पक्राउ

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ […]

दोस्रो वडाध्यक्ष भलिबल उदघाटन

वीरगंज, २२ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ वडा कार्यालयको खेल मैदानमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिताको उदघाटन वडाध्यक्ष हेमनारायण चौधरीले गरेका छन् । वडाध्यक्ष चौधरीले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताए । उनले खेल देशको प्रतिष्ठासँग जोडिएकोले यसप्रकारको प्रतियोगिता सञ्चालनमा ल्याएको बताए । पहिलो खेल देउरवाना पर्सा र थस्कौल बारा बीच भएकोमा […]

२२० ग्राम ब्राउनसुगरसहित चारजना भारतीय पक्राउ

वीरगंज, २१ चैत । ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंज महानगरपालिकाको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेकजाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारत, विहार राज्य जिल्ला पुर्वी चम्पारण थाना रक्सौल वडा नं. १४ मौजे बस्ने वर्ष ३७ […]

मधेस साहित्य महोत्सव चैत २२ गतेदेखि हुने

वीरगंज, २० चैत/ वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ चैत २२ र २३ गते हुने उत्कर्ष नेपालले जनाएको छ । मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले दुर्ई दिने ‘मधेस साहित्य महोत्सव’मा […]

पत्रकार महासंघ पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगंज, १८ चैत । पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार […]

मधेश प्रदेशका चिकित्सकलाई तलब उपलब्ध नगराए आन्दोलन– संघ

वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ । संघले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्दै प्रदेशका विभिन्न स्थानीय तहका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब नपाएको र यसबाट उनीहरूको दैनिक जीवनयापनमा कठिनाइ भएको जनाएको छ । संघका अध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाउँदा उनीहरूको […]

वीरगंजमा महिलाको शव भेटियो

वीरगंज, १६ चैत । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिवार बिहान एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान वीरगंज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवाल भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। जिल्ला प्रहरी […]

१५० किलो गाँजासहित चारजना भरिया पक्राउ

वीरगंज, १३ चैत । १५० किलो गाँजासहित चार जना भरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका ४२ वर्षीय बुद्ध घलान, वडा नम्बर ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीर बहादुर रूम्बा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २७ वर्षीय […]