विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू

वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको थियो । आत्मरामपथबाट पश्चिम जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम भएको छ । शमा, विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर […]
पत्रकार महासङघ पर्साका निर्वाचित पदाधिकारीलार्ई प्रमाणपत्र

वीरगंज ३ पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाका निर्वाचित पदाधिकारीहरुलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ । गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत शत्रुघन नेपालले प्रमाणपत्र वितरण गरेका थिए । महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष निलिमा पौडेल, […]
विश्व हिन्दू महासंघ को अध्यक्षमा भण्डारी सर्वसम्मत निर्वाचित

वीरगंज, २ पुस । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन एवम् महासभा विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामकाे तत्वाधानमा जानकी मन्दिर प्रांगणमा भएको महासम्मेलनले अस्मिता भण्डारीलाई सर्वसम्मतिले अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेकाे हो । जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास […]
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नयाँदिल्ली, १ पुस, (रासस/एएनआई): ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको ७३ बर्षको हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो । हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ । एक शिक्षकको […]
नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा खनाल विजयी

वीरगंज, २९ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ, पर्साको अध्यक्ष पदमा ओमप्रकाश खनाल नौ मत अन्तरले विजयी भएका छन् । उनले ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अनुप तिवारीले ७५ मत पाएका थिए । प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठनबाट समर्थन पाएका खनाललाई प्रेस युनियन र प्रेस चौतारीका असन्तुष्ट खेमाले पनि सहयोग गरेका थिए । प्रेस युनियन तथा […]
तेक्वान्दो डोजांगकको ग्रेडिङ कार्यक्रम

वीरगंज, २९ मंसिर । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार वीरगंज तेक्वान्दो डोजांगको ग्रेडिङ कार्यक्रम शनिवार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा तेक्वान्दो खेलाडीहरुलाई विभिन्न ग्रेडिङ गरिएको थियो । कार्यक्रममा प्रथम वर्णवाल, नवलकिशोर साह, रुस्तम शेख, राजेन्द्र शाहीलगायतको सहभागिता थियो ।
पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका

वीरगंज, २९ मंसिर । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अबरोध नहुने बताएका छन् । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना एवं होटल तथा पर्यटन व्यवसायी संघ पर्साको सह आयोजनामा शुक्रवार साँझ सम्पन्न पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका विषयक […]
ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

वीरगंज, २७ मंसिर/ नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाँजा नेरू.१ […]
महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले मनोरञ्जन लिएको बताइएको छ । मेलामा तीनवटा मौतका कुँवा, ५ वटा झुला, चारवटा ब्रेक डान्स, सर्कस, पाँचवटा डैगन, बच्चाको खेल तमाशा ५० भन्दा बढी रहेको देखेपछि मेला घुम्न आउनेहरु मनोरञ्जनका सामग्रीबाट […]
गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भएर रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताइन्छ । चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सारपुल नजिक सडक साइडको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]