CALL US

(+977) 9814272487

साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३० लाख ६७ हजार बराबरको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । मंगलवार राति इलाका प्रहरी कार्यालय जीतपुरबाट प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी सामानको […]

नेपाल पत्रकार महासंघमा निर्वाचित नेपाल पत्रकार मञ्चका सदस्यहरू सम्मानित

काठमाडौँ/ नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरू बीच जे जस्तो प्रतिष्पर्धा भएपनि निर्वाचित भएपछि सिंगो संगठनको साझा अभिभावक बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई नेपाल पत्रकार मञ्चले आयोजना गरेको स्वागत […]

च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु

वीरगंज, ७ पुस । वीरगंज महानगरपालिका–११ श्रीपुरमा आइतवारदेखि च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु भएको छ । नेपाल नागरिक फाउन्डेशनले आयोजना गरेको तीन दिने च्याउ खेतीसम्बन्धी व्यावसायिक प्रविधि तालीमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष अजयकुमार बरैले गरेका थिए । उनले सहजरुपमा गर्न सकिने च्याउ खेतीबारे महिलाहरुलाई प्राविधिक तालीम दिएर आयआर्जनतर्फ उन्मुख गराउन सहयोग गर्नुपर्ने बताए । […]

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ । शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको छतमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले जुवाखालबाट छजनालाई पक्राउ गरेको जिप्रका, पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् । पक्राउ पर्नेहरूमा वीरगंज–११ बस्ने बिमल बहादुर क्षेत्री, सोही वडाका […]

वीरगंज तेक्वान्दो डोजांगद्वारा खेलाडीहरुको ग्रेडिङ

वीरगंज, ६ पुस । वीरगंज तेक्वान्दो डोजांगले वार्षिक कार्यक्रम अनुसार शनिवार पनि खेलाडीहरुको ग्रेडिङ गरेको छ । मंसिर २९ गते ग्रेडिङ गरिएकोमा छुट हुन गएका खेलाडीहरुको शनिवार घडीअर्वा कभर्ड हलमा आयोजित एक कार्यक्रमबीच ग्रेडिङ गरिएको हो । रेड+ब्ल्याक बेल्ट सिनियर खेलाडीहरु आदित्य साह, राजनबाबु कुमार गुप्ता, देवकुमार सर्राफ, शिवम शाह तथा जुनियर खेलाडी दिव्या साहलाई […]

बारामा गोली हानेको अवस्थामा पुरुषको शव भेटियो

वीरगंज, ६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा गोली हानी हत्या गरिएको अवस्थामा एक पुरूषको शव कारमा भेटिएको छ । शनिवार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–११ दुधौरा खोला नजिकै हत्या गरिएको अवस्थामा पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा पुरूषको शव […]

इसुकु इन्टरनेशनल कराँते प्रतियोगितामा वीरगंजबाट ३० जना खेलाडी सहभागी हुँदै

वीरगंज, ५ पुस । भारतको मुम्बईमा हुन गइरहेको इसुकु इन्टरनेशनल कराँते प्रतियोगितामा वीरगंजबाट ३० जना खेलाडी सहभागी हुँदैछन् । इसुकु इन्टरनेशनल कराते प्रतियोगितामा सहभागी हुन रेफ्री विकास कुमार शाह, राकेश श्रेष्ठ, नसिम अख्तर, सुरेन्द्र श्रेष्ठ, खेलाडीहरू प्रिन्स शाह, सुधीर शाह, विवेक मण्डल, कृष्ण शाह, अख्तर हुसेन, रेहान हवारी, नेहा शाहलगायतका ३० जना खेलाडीहरू सहभागी हुने […]

९७ किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, ४ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ । बिहीवार २ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २२ तीन नम्बर पुलनजीकै टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको ९७ गाँजासहित दुईजनालाई पक्राउ गरेको प्रहरीले […]

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकि नव निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । महासंघको ११औं महासम्मलेनबाट निर्विरोध निर्वाचित अध्यक्ष भण्डारीले बुधवार बिहान पदभार ग्रहण गरेकी हुन् । बैदिक ब्राह्मण गुरूहरूद्वारा मन्त्रोचारण सहित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु भएको सो अवसरमा अध्यक्ष भण्डारीले महासंघको ११ ओैं महासम्मेलन सम्पन्न गर्न […]

विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू

वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको थियो । आत्मरामपथबाट पश्चिम जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम भएको छ । शमा, विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर […]