भोजपुरी कविता संग्रह ‘साह के आह’ लोकार्पण

वीरगंज, ६ फागुन । कवि छोटेलाल प्रसाद साहद्वारा लिखित ‘साह के आह १’ भोजपुरी कविता संग्रहको मंगलवार विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क, साहित्यकार तथा भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अली लगायतले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर […]
कुटपिट गरी हत्या गरेको आरोपमा सुधारकेन्द्रका सातजना पक्राउ

वीरगंज, ४ फागुन । नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा उपचारार्थ भर्ना भएका एकजना बिरामीको कुटपीट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमनपा–३ बस्ने वर्ष १९ को सरफराज मन्सुर, वर्ष २९ को तमन्ना अली, वडा नं. ४ बस्ने वर्ष २२ को निरज सरार्फ, वडा नं. ६ बस्ने वर्ष २० […]
प्याब्सन यु–१२ः अल्पाइन मावि विजयी

वीरगंज, ४ फागुन । प्याब्सन वीरगंज यु–१२ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन मावि ९ विकेटले शानदार विजयी भएको छ । ज्ञानदा एकेडेमीको खेल मैदानमा आज मिनील्यान्ड मावि र अल्पाइन माविबीच खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको मिनील्यान्ड माविले १० ओभरको खेलमा ४ विकेटको क्ष्Fतिमा ८३ रन बनाएको थियो । प्रतियोगितामा […]
आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

गण्डकी, ३ फागुनः पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान […]
साढे ११ किलो चरेससहित एकजना पक्राउ

वीरगंज, २ फागुन । वीरगंज महानगरपालिका वडा नं. १६ चालिस फिटे सडकखण्डमा आज बिहान अस्थायी प्रहरी पोष्ट इनर्वाले चेकजाँच गर्ने क्रममा साढे ११ किलो चरेससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ४ मधुवन गोठ बस्ने वर्ष ४५ को सुधीर कर्णले बोकेको रातो रंगको डिब्बा (ग्यालेन)माथि खाने घ्यू राखी रातो […]
५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रबनानि टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा चेकजांच गर्ने क्रममा हेटौंडाबाट वीरगंज जांदै गरेको बा ३६ प २७१४ नम्बरको मोटरसाइकलमा सवार मकवानपुर जिल्ला कैलाश गापा–६ गोगने बस्ने २५ […]
बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरीबीकै कारण शिक्षामा बालिकाको सहभागीता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे । बुधवार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा […]
सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ । एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने बताए । प्रमुख अतिथि मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने […]
ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए । यसैगरी, आज […]
७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौडाबाट वीरगंज आउँदै गरेको बिभिन्न सवारी साधन चेक जाँच गर्दा २५ पोका र पाँचवटा ग्यालेनमा रहेको ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको जिप्रका, बाराले […]