CALL US

(+977) 9814272487

६३ किलो गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रण

वीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ६३ किलो लागूऔषध गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीलाई आइतवार सुबर्ण गाउँँपालिका– ३ बकतौरास्थित नेपालबाट भारत जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल छाडी फरार भएको थियो । मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

सिफारिस