महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न शुरु गरेका छन् । शनिवार मध्यरात विशेष पूजापश्चात आइतवार बिहान पञ्चबली र त्यसपछि राँगा बली शुरू हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ । शनिवार मध्यरात अर्थात आईतवार […]
२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । बुधवार राति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा […]
पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त रूपमा तालाबन्दी गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकोले सोको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए […]
वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं. १३ मुर्लीको नयकाटोलास्थित घरमा निधन भएको हो । वीरगंजका विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा निर्धक्क कलम चलाउँदै आउनुभएका उनको दुइवटा छोरा, दुईवटी छोरी र पत्नी छन् । अस्वस्थ भई नारायणी अस्पताल […]
उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए । उपराष्ट्रपति रामसहाय यादवको गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण गर्दै हेलिकप्टरबाट चार फन्को पनि लगाएको थियो । मंसिर १ गते देखि शुरू भएको मेलामा मंसिर १७ गतेपछि मात्रै भीड बढ्न थालेको […]
राम्रा कामको सूचना पत्रकारले दिनुपर्छ– अध्यक्ष नेपाल

वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपालले सबै कुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताए । […]
वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर

वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ । श्री इन्द्रदेव मावि आमवामा सम्पन्न भएको स्वास्थ्य शिविरको आयोजना स्थानीय युवा शक्ति र वीरगंज आँखा तथा दाँत अस्पताल वीरगंजले गरेको थियो । शिविरमा २३० जनाको आँखा जाच गर्दा ६० […]
रेडियो वीरगंजको वार्षिकोत्सवमा २२१ जनाद्वारा रक्तदान

वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा २२ महिलासहित २२१ जनाले रक्तदान गरेका छन् । बाराका विभिन्नग्रामीण क्षेत्रबाट युवाहरूलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आएका थिए । रेडियो वीरगंजका प्रबन्धक धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना,पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक […]
अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा अल्पाइन मावि प्रवेश

वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट अल्पाइन माध्यमिक विद्यालय, वीरगंज पुग्न सफल भएको छ । अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को आज भएको खेलमा नेपालबाट अल्पाइन मावि ‘नीलो’ सेमिफाइनलमा पुग्न सफल भएको हो । भारत, गुजरातको टीमलाई […]
हिन्दूमाथिको दमन बन्द गर्न बंगलादेश सरकारलाई विश्व हिन्दू महासंघको आग्रह

काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ। महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो। बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्वार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको […]