CALL US

(+977) 9814272487

डकैती र लूटपाट गर्ने हतियारधारी समूह सार्वजनिक

जनकपुर,१४ मंसिर । महोत्तरीमा संगठित रूपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रूपमा डकैती तथा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । प्रहरीले एक महिलासहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो । फरक फरक स्थानमा […]

यात्रीहरूलाई सास्ती दिने यातायात बिचौलियाहरु पक्राउ

वीरगंज,१३ मंसिर । वीरगंजको भानुमार्गस्थित नयाँ बसपार्कमा यात्रीलाई सास्ती दिएको आरोपमा १८ जना यातायात बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट बिहीवार खटिएको प्रहरी टोलीले एकैसाथ १८ जना बिचौलियाहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगंज–१ का २१ व्र्षिय सन्जिव गुप्ता, वीरगंज–८ का ५१ वर्षीय विजय […]

गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक

वीरगंज, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रवारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस […]

७१औं क्षयरोग नियन्त्रण दिवस वीरगंजमा पनि मनाइयो

वीरगंज, १३ मंसिर । ७१औं राष्ट्रिय क्ष्ँयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्ष्ँयरोग सक्रिय खोज पडताल क्ष्ँयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाले कार्यक्रम सम्पन्न गरेको छ । माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको कक्षामा छात्रछात्राहरुलाई क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा कार्यक्रम गरिएको थियो । नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद […]

१७० किलो गाँजासहित दुर्ई जना पक्राउ

वीरगंज,१२ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले १७० किलो गाँजासहित दुर्ई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरूको साथबाट १ सय ७० किलो […]

गुगल म्यापको भर पर्दा कार नदीमा खस्यो, तीनजनाको मृत्यु

वीरगंज, ९ मंसिर । गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ । भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिवार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्पm जाँदै गरेको थियो। उनीहरू जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। […]

एसिया कपका लागि क्रिकेटर रन्जित चयन

वीरगंज,९ मंसिर । युएईमा यहि मंसिर १४ गतेदेखि शुरू हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको छ । जसमा वीरगंज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमार पनि पर्न सफल भएका हुन् । वीरगंज नेशनल इनफोटेक (एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार […]

२३० जनाको मोतियाबिन्दु निश्शुल्क शल्यक्रिया

वीरगंज, ९ मंसिर । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा मोतियाबिन्दु भएका २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ । तीनदिने शिविरमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको गापा अध्यक्ष दिनेश चौधरीले जानकारी दिए । पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रवारदेखि आइतवारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक […]

अल्पाइन माविका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ […]

रास्वपा, पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी अध्यक्ष रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरू अनशनमा बस्ने चेतावनी दिएको छ । रास्वपा पर्साले बुधवार बृहत -याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो […]