लागुऔषध सहित दुईजना पक्राउ

वीरगंज, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । भारत, बिहार राज्यको मोतिहारी जिल्ला ग्राम अरेराज मलाही ११ बस्ने २३ वर्षीय नितेश कुमार ठाकुर र पर्साको वीरगंज महानगरपालिका वडा नं १६ बस्ने २६ वर्षीय सिद्धान्त पटेललाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले […]
बालक हत्याको आरोपमा चारजना पक्राउ

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो । त्यसैगरी मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका–४ का विकास पटेल […]
गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच भएको छलफलमा पान पसलमा अनिवार्य डस्टबिन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायी सहमत भएका छन् । यस्तै गुट्का […]
नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

काठमाडौँ, ९ वैशाख। नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो। भारतीय मन्त्री खट्टर […]
टाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

वीरगंज, ९ वैशाख । बाराको अमलेखगन्ज प्रहरीले मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोबाट नियन्त्रित औषधिसहित चालकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका–९ बस्ने २४ वर्षीय मुमताज […]
ईरिक्शामा फल्ट बटम बनाएर आलमुनियमको तस्करी

वीरगंज, ९ वैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आलमुनियम तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगंज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट […]
सिसी क्यामेरा सञ्जाल विस्तार अभियानमा बैंकहरूको आर्थिक सहयोग

वीरगंज, ८ वैशाख । महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरूले सोमवार १७ लाख ७५ हजार रुपियाँँ उपलब्ध गराएका छन् । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गर्नु भएको आहवान अनुरूप […]
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ, ७ वैशाखः मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन […]
अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । आज वीरगंजको होटल भिस्वामा सम्पन्न कार्यक्रममा अल्पाइन मावि कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका साथै अमेरिकाको भिसा प्राप्त गरेका विद्यार्थी, नेपाल–भारतको विभिन्न स्थानमा सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थी खेलाडीहरुको पनि […]
शिक्षक आन्दोलनले पठनपाठन अवरूद्ध हुनु हुँदैन– पालिका प्रमुखहरू

वीरगंज, ७ वैशाख । पर्साको १४ वटै पालिकाका प्रमुखहरू विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएपछि पालिका प्रमुखहरु सक्रिय भएका हुन् । सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित […]