CALL US

(+977) 9814272487

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

बलेवा (बागलुङ), २६ कात्तिकः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । […]

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी): अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ । सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित […]

जर्गाले लाखौंको सुनचाँदी गहना गढीमाईलाई दान गरे

वीरगंज, १६ कात्तिक । बाराका बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगरले लाखौं मूल्य पर्ने ५ थान सुन र १ थान चाँदीको गहना दान गरेका छन् । दीपावलीको अवसरमा गढीमाई देवीलाई दुवै कानमा सुनको वाला, घाँटीमा लगाउने हार, सुनको टिकुली, नाकमा सुनको ठोप र पाउँमा चाँदीको पायल […]

स्यालको आक्रमणबाट १३ जना घाइते

बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका […]

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–२१ अमलेखगंजमा पथलैया बाट हेटौडा जाँदै गरेको ना ५२ प २५८४ र ना ५५ प ३९३२ […]

भीमफेदीको होमस्टे प्रवद्र्धन गर्दै अल्पाइनका विद्यार्थीहरु भारतको प्रसिद्ध कार्यक्रममा

वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ । भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले […]

वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने […]

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका […]

पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट

वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिनछ । यहाँबाट चालु आर्थिक वर्षको तीन […]

शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक । वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ । आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली […]