पर्सा २० पुस / सशस्त्र प्रहरीले पर्सा जिल्लामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका -३ स्थित श्री राम चरित्र भगवत मा.वि.मा उक्त कार्यक्रम आयोजना गरिएको हो। सशस्त्र प्रहरीले बिगत केही वर्ष देखि सीमावासी सँग आफ्नो सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रमहरु मार्फत उनीहरु लाभान्वित हुने खालका कार्यको देशव्यापि रुपमा अभियान नै चलाएको छ ।
Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता कार्यक्रमहरु मार्फत सीमावासीलाई विभिन्न किसिमका सेवा प्रदान गर्ने उद्देश्यले आजको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा. पर्साको आयोजना र पकाहामैनपुर गाउँपालिका, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, रोहित फाउणडेशन, क्वेष्ट फर्माक्युटिकल्स र बिरगंज सामुदायिक आँखा केन्द्रको सहकार्य तथा समन्वयमा संचालन गरिएको शिविरमा पकाहामैनपुर गाउँपालिकाको अध्यक्ष सुरेश मेहता, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सप्रउ राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय पर्साका प्रमुख उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्साल, प्रभु अस्पतालका अध्यक्ष डा.मनोज गुप्ता, डा.लक्ष्मी थापा तथा अस्पताल व्यवस्थापक दिलिपराज कार्की, बीरगंज सामुदायिक आँखा केन्द्र पर्साका मेडिकल डाईरेक्टर महेश सिंह धामी लगायतको उपस्थिति थियो । [image: 3.jpg]
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल ज्यू ले स्वास्थ्य शिविरमा पाल्नु हुने सम्पूर्णलाई स्वागत गर्दै सीमावासीसँगको सम्बन्ध सुमधुर बनाउन यस प्रकारको कार्यक्रम अतिनै प्रभावकारी भएको र यस्ता किसिमको कार्यक्रम भविष्यमा पनि निरन्तर रुपमा गरिरहने बताउनु भयो । त्यस्तै पकाहामैनपुर गाउँपालिकाका अधयक्ष सुरेश मेहता ज्यूले सशस्त्र प्रहरीले आफ्नो गाँउठाँउमा आएर जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । [image: 4.jpg]
प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर बीरगंजका अस्पताल व्यवस्थापक दिलिपराज कार्कीले ज्यूले उक्त शिविरमा प्राप्त हुने सेवाको बारेमा प्रकाश पार्नु भएको थियो ।त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यूले सीमानाकामा खटिने सशस्त्र प्रहरीले आफ्नो दैनिक ड्युटीका अलावा पनि यस्तो कार्यक्रम गरेकोमा खुशि व्यक्त गर्दै जिल्लाबाँसी लक्षित विकाश तथा सेवामुखी कार्यक्रमहरु आयोजना गर्नको निमित्त आवश्यक सहयोग गर्ने बताउनु भयो ।
[image: 1.jpg]
उक्त एक दिने शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, हार्डजोर्नी तथा आँखा सम्बन्धी सेवाहरु प्रदान गरिएको थियो जसबाट २७० जना महिला र २६० जना पुरुष गरि जम्मा ५३० जनाले सेवा लिएका थिएकासाथै बिओपि सिरिसियाले चिसो बेलामा बिमनपा वडा न १ छपकैमा मा दाउरा वितरणगरेका , सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामिले जानकारी दिए ।
[image: 7.jpg] [image: 5.jpg]