वीरगंज, ७ माघ । स्रोत नखुलेको ६ लाख भन्दा बढी रकमसहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल पर्साले भारत बिहार पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पञ्चायत १ भलुवाहा बस्ने ३८ वर्षीय विशेश्वर यादवलाई स्रोत नखुलेको छ लाख पाँच हजार १८५ रकमसहित पक्राउ गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले वीरगंज महानगरपालिका १६ भन्सार मेनगेटमा भारतबाट नेपाल आउँदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाई छिपाई ल्याइरहेको ६ लाख पाँच हजार एक सय ८५ रुपियाँँ बरामद गरेपछि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।