वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज अपराहन नेपाली सेना, प्रहरीलगायतले फूलपाती भित्र्याएका हुन् । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । वीरगंजमा आज सप्तमीको […]
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक टेक्नोसफ्ट प्रा.ली, पर्साले प्रिन्टर सहयोग गरेको छ । आज वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर त्रिमुर्ती टोल स्थित रहेको डायनामिक टेक्नोसफ्ट प्रालि पर्साका प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई १ […]
सशस्त्र प्रहरी बल पर्साद्वारा साढे २१ लाख बराबरको सामान बरामद

वीरगंज, २४ असोज । सशस्त्र प्रहरी बल पर्साले २१ लाख २१ हजार ८०० मूल्य बराबरको अबैध कपडा बरामद गरी वीरगंज भन्सार कार्यालयले बुझाएको छ । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार आज सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोली र प्रस्तावित सीमा सुरक्षा […]
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । […]
सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलीको सामान बरामद

वीरगंज, २२ असोज । सशस्त्र प्रहरी बल पर्साले १२ लाख ८ हजार १७६ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा आज बुझाएको छ । सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार असोज २२ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ भन्सार मेनगेट लगायत […]
ट्याङ्करमा ३९२ किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, २२ असोज । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर र गाँजासहित दुर्ई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्पm जाँदै गरेको ना ७ ख १७७१ को ट्याकंर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकरचालक २६ […]
प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई ५ का ४२ वर्षीय अरूणकुमार चौधरीको मृत्यु भएको वडाध्यक्ष्F दीपेन्द्र चौधरीले जानकारी गराए । थारू ११ र वीरगंज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा […]
बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक ‘बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को विमोचन गरिएको छ । आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु […]
वृद्धको ५० हजार लुटने चारजना भारतीय पक्राउ

वीरगंज, २२ असोज । जेष्ठ नागरिकको रकम लुटपाट गर्ने भारतीय नागरिकहरूलाई बारा प्रहरीले पक्राउ गरेको छ । असोज १ गते जेष्ठ नागरिकको रकम लुटपाट गरेका भारतीय नागरिकहरूलाई खोज तलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज १ गते अं.१२ः१५ बजेको समयमा बारा जिल्ला सदरमुकाम कलैया उ.म.न.पा.वडा नं.१ स्थित प्रभु बैकबाट रू. […]
खाने होइन वीरगंजको तात्तो रसिलो जिलेबी ?

वीरगंज, २१ असोज । नवरात्रिको नवौं दिनसम्म वीरगंजको घण्टाघरदेखि आदर्शनगर क्षेत्रमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको ताजा र रसिलो जिलेबी हो । नौं दिनसम्म लाग्ने नवरथा मेलामा वीरगंजको सडक पेटीमा सयौं जिलेबी पसलहरू थापिएका छन् । आर्थिक मन्दीको समयमा पनि उनीहरूको पसलमा जिलेबी किन्नेहरूको कमी हुँदैन । एक पाउ, आधा किलो, एक किलो जिलेबी बिक्री […]