CALL US

(+977) 9814272487

सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय […]

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ। हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार […]

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र पसलेहरूलाई कडा निर्देशन दिएको छ । शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक सूचना जारी गर्दैै दशैं, तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी […]

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि धर्ना जारी राखेको छ। केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता र कार्यकर्ताहरूले असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना शुरू गरेका हुन। प्रदेश सरकारले पाँच वर्षअघि नै पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा […]

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार खोरसोर नजिकको पुल क्रस गरेर जग्दु आउँदै हुनुहुँदो रहेछ । सिमलको रूखमुनि बसेको हात्तीले […]

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत पारेर डा रामआवतर खेतानले भुमि पुजा गरी भवनको शिलान्यास गरेका हुन । लायन्स क्लबको १ करोड ३४ लाखको लागतमा दुर्ई तले भवनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लायन्स क्लबका संजय […]

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा […]

उपमेयरद्वारा भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन

वीरगंज, १६ असोज । वीरगंजको हरि खेतान बहुमुखी क्याम्पस नजीकै भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ । आज वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सुविधा सम्पन्न परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरेका थिए । करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्ट परिवारिक वातावरण रहेको छ । प्रख्यात र […]

सामुदायिक श्रीपुरद्वारा सरसफाइ तथा सचेतना कार्यक्रम

वीरगंज, १६ असोज । ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले वीरगंज–१४ स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरमा प्र.ब.ना.नि.गोरख बहादुर शाही प्रमुख […]

अल्पाइन माविद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम

वीरगंज, १६ असोज । अल्पाइन माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज वीरगंजको होटल भिस्वामा सम्पन्न गरेको छ । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, संगीत प्रस्तुत गरेका थिए भने नेपाली शिक्ष्ँक रामपुकार यादवले विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयका संस्थापक विनोदकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा […]