रानीघाट पुलमा हाम फालेकी राधिकाको खोजी हुंदै

वीरगंज, १३ असोज । वीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फालेकी करीब १७ वर्षीया राधिका कुमारी दासको खोजी कार्य भइरहेको छ । बिपद ब्यवस्थापन गुल्म प्रहरी टोलीले युवतीको खोजी कार्य जारी राखेको जनाएको छ । आज बिहान अन्दाजी ९ः३० बजेको समयमा रानीघाट नजिकै रहेको पुलबाट हामफाल्नु अघि पहिला आफ्नो मोबाइल फालेकी प्रत्यक्षदर्शीहरूले बताएका छन् । […]
अल्पाइन माविका दाजुभाइ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दै

वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र सतीश गुप्ता पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दैछन् । वीरगंज–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका छात्र सतीश गुप्ताले एनइइटी परीक्षा पास गरेर भारत, आगराको सरोजिनी नायडू मेडिकल कलेजमा एमबिबिएसमा भर्ना भएका छन् । […]
घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ । घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ । वीरगंजका अधिकांश वडाहरु जलमग्न भएको छ भने घरघरमा पानी पसेको छ । आज बिहान वर्षा केही मत्थर […]
धार्मिक पर्यटनलाई महत्व दिंदै पर्यटन व्यवसायी

वीरगंज, ११ असोज । वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरूले धार्मिक पर्यटनलाई महत्व दिएर ४५औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाएका छन् । वीरगंज नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ मन्दिर जान हिडेका छ जना भारतीय धार्मिक पर्यटकहरूलाई दहि र जुस खुवाएर टीका, माला सहित भब्य स्वागत गरेर धार्मिक पर्यटनलाई विशेष महत्व दिएका हुन । पशुपतिनाथ, जनकपुर, गढिमाइ र […]
संसदिय छानबिन समितिको प्रतिबेदन विपरित धरपकड-रास्वपा पर्सा

वीरगंज, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा मार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आज रास्वपा पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा निस्किएको मौन जुलुसले नगर परिक्रमा गर्दै घण्टाघरमा कोणसभा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राष्ट्रिय स्वतन्त्र […]
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ पुरस्कृत

वीरगंज, ७ असोज/ वीरगंजका पत्रकार खड्गबहादुर श्रेष्ठ (प्रताप) प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार श्रेष्ठलाई खादा ओढाएर, प्रमाणपत्रसहित नगद रु १२ हजारबाट पुरस्कृत गरेका थिए । सो अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबू शेखलगायतको सहभागिता […]
हैजा फैलिन सक्ने भन्दै प्रजिअद्वारा राजपुर नपा सिल

रौतहट, ६ असोज । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आदेशपत्र जारी गर्दै राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा सिल गर्न आदेश जारी गरेका छन् । सो क्षेत्रमा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको प्रजिअ रेग्मीले जनाएका छन् । राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको […]
नारायणी अस्पताल र कुम्हालटोलमा गरीबको लागि निःशुल्क भोजन शिविर

वीरगंज, ५ असोज । प्रत्येक शनिवार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा वीरगंज समाज सेवाले निशुल्क भोजन खुवाउदै आएकोमा २२औं सप्ताह शनिवार पनि निशुल्क भोजन गरीएको छ। नारायणी अस्पतालमा बिरामीहरू, कुरूवाहरू लगायत गरिब, असहाय गरिबहरूलाई सहज होस भनि हरेक सप्ताहको शनिवार बिहानको खाना खुवाउने गरेको वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिए […]
‘जंगबहादुर बेलायतसँग नमिलेको भए नेपालको स्वतन्त्रतालाई ठूलै खतरा हुनेथियो’
नेपालको इतिहासमा रुचि हुनेका लागि जोन ह्वेल्पटन परिचित नाम हो । नेपालको इतिहासबारे उनका जंगबहादुर इन युरोपः द फस्ट नेप्लिज मिसन टु द वेस्ट (१९८३), किंग्स, सोल्जर्स एन्ड, पाइरेट्सः नेप्लिज पोलिटिक्स एन्ड द राइज अफ जंगबहादुर राणा (१९९१) तथा हिस्ट्री अफ नेपाल (२००५) लगायत पुस्तक चर्चित छन् । नेपालको इतिहासमाथि विद्यावारिधि बेलायती नागरिक जोन पछिल्लो […]
वेस्ट ब्याँकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

एजेन्सी । इजरायली सेनाले वेस्ट ब्याँकको कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेकाे छ । इजरायली सेनाले शहरको एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ । हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । गाजा […]