भीमफेदीको होमस्टे प्रवद्र्धन गर्दै अल्पाइनका विद्यार्थीहरु भारतको प्रसिद्ध कार्यक्रममा
वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ । भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले […]
वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना
वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने […]
सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ
वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका […]
पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट
वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिनछ । यहाँबाट चालु आर्थिक वर्षको तीन […]
शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम
तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक । वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ । आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली […]
बारा प्रहरीद्वारा गाँजा र अवैध सामान बरामद
वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २७ किलो गाँजा बरामद गरेको छ । कात्तिक ५ गते बिहान ९ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहरमा चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरा आउदै गरेको भारतीय नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका […]
माट्रिका आई फाउन्डेशनले मंगलवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दै
वीरगंज, २ कात्तिक । माट्रिका आई फाउन्डेशन आँखा अस्पतालले यही मंगलवार कात्तिक ६ गते निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पनि निःशुल्क अपरेशन गर्ने जनाएको छ । बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा माट्रिका आइ फाउन्डेशन आँखा अस्पतालले वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी मेनरोडस्थित अस्पताल परिसरमा मंगलवार बिहान […]
वीरगंजमा महिलावादी स्मृतिको फोटो प्रदर्शनी शुरु
वीरगंज २ कार्तिक । वीरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीले ३ दिने फोटो प्रदर्शनी कार्यक्रम शुरु गरेको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण अन्तर्गत आज वीरगंजमा शुरू भएको हो । सो परियोजना २०७५ सालमा नेपाल पिक्चर […]
४७ हजार नक्कली नोटसहित भारतीय पक्राउ
वीरगंज, २ कात्तिक । वीरगंजबाट ४७ हजार नक्कली नोटसहित एकजना भारतीय पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्पm […]
बाराबाट हत्या गरिएको अवस्थामा शव भेटियो
वीरगंज, १ कात्तिक । वीरगंज महानगरपालिकाको छपकैया निवासी वीरेन्द्र सर्राफको वीरगंज–कलैया सडकखण्डको गण्डकचोकदेखि एक किलोमिटर दक्षिण नहरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव रहेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए । भारत, रक्सौल घर भई हाल सर्राफ […]