२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद सजाय तोकेपछि फरार भएका एकजना अभियुक्तलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष ४१ को चन्दन कुमार रौनियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागु औषध चरेश मुद्दामा २ वर्ष ७ […]
नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन […]
नेपाल पत्रकार मञ्चको कार्यक्रममा सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध

काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य नहुने कुरामा वक्ताहरूले जोड़ दिनु भएको छ। नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनमा निर्वाचित राष्ट्रिय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यहरूलाई प्रमाण पत्र हस्तान्तरण गर्न […]
हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

वीरगंज, १७ माघ । वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर०५ क्यु४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको लेगगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली […]
भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद […]
इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान […]
बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

वीरगञ्ज, १४ माघ/ रासस वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो । कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ […]
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

वीरगंज, १३ माघ । ‘भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ’ भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जा“च चौकी (आइसिपी) मा सम्पन्न गरेको छ । समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी […]
इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुने खेलाडीहरुको बिदाइ

वीरगंज, ११ माघ । शनिवारदेखि हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०२५ मा सहभागी हुन वीरगंज तेक्वान्दो डोजांगका खेलाडीहरुको बिदाइ गरिएको छ । काकडभिट्टा तेक्वान्दो डोजांगले झापाले आयोजना गरेको सो प्रतियोगिता काकडभिट्टा टाउनहलमा हुने आयोजनाले जनाएको छ । सो प्रतियोगितामा भाग लिन वीरगंज तेक्वान्दो डोजांगका आफताब आलम, सोयब अख्तर, इमरान शेख, रोहन पटेल, प्रथम वर्णवाल, महिला […]
विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरूले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण […]